NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

स्थानीय चुनावका लागि गृहले माग्यो १८ अर्ब बजेट, प्रहरीलाई मात्रै १७ अर्ब

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले १८ अर्ब ३२ करोड ६३ लाख ७१ हजार ८३० रूपैयाँ बजेट माग गरेको छ । निर्वाचनका क्रममा हुने चालू तथा पुँजीगत खर्चका लागि गृहले अर्थ मन्त्रालयसँग बजेट मागेको हो ।

गृहले आफू र आफूमातहतका सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका लागि बजेट आवश्यक पुँजीगत तथा चालू खर्चको हिसाब निकालेर उपलब्ध गराउन भनेको छ ।

चालुतर्फ रु. ११ अर्ब ९३ करोड, ९ लाख ८३६ र पुँजीगतर्फ रु. ६ अर्ब ३९ करोड ५४ लाख ७१ हजार रूपैयाँ स्थानीय चुनावमा खर्च हुने गृहको हिसाब छ ।

गृह आफैंले चालुतर्फ ४२ करोड ७१ लाख २७ हजार ६६४ र पुँजीगतर्फ १८ करोड २५ लाख गरी कुल ६० करोड ९६ लाख २७ हजार ६६४ रूपैयाँ बजेट मागेको छ ।

गृहले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सशस्त्रलाई चालुतर्फ २ अर्ब ३४ करोड ९५ लाख २ हजार र पुँजीगततर्फ २ अर्ब ४८ करोड १२ लाख १८ हजार गरी कुल ४ अर्ब ८३ करोड ७ लाख २० हजार खर्च आवश्यक हुने उल्लेख छ ।

नेपाल प्रहरीका लागि सबैभन्दा धेरै बजेट मागिएको छ । जसमा चालुतर्फ ९ अर्ब १५ करोड ४२ लाख ७१ हजार १७२ रूपैयाँ र पुँजीगततर्फ ३ अर्ब ७३ करोड १७ लाख ५३ हजार गरी कुल १२ अर्ब ८८ करोड ६० लाख २४ हजार १७२ रूपैयाँ खर्च हुने गृहको अनुमान छ ।