NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मरिससविरुद्धको दोस्रो खेलमा पनि नेपाल १–० ले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हासिल गरेको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।

नेपालले खेलको सुरुवातीमै अग्रता लिएको थियो । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए ।

खेलको १२ औं मिनेटमा गोलरक्षक तथम कप्तान किरणकुमार लिम्बूले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले मरिससलाई पेनाल्टी दिएका थिए ।

तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।

दोस्रो हाफमा पनि दुवै टोलीका खेलाडीले गोलका केही सुनौला अवसर गुमाएका थिए ।

यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।

विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।