NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल र मरिससबीचको खेल तनावपूर्ण, रातो कार्डको वर्षा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हासिल गरेको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।

नेपालले खेलको सुरुवातीमै अग्रता लिएको थियो । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए । अन्त्यमा सोही गोल नै निर्णायक बनेको हो ।

नेपाल र मरिससबीचको आजको दोस्रो खेल तनावपूर्ण बनेको थियो । विशेषगरी दाेस्रो हाफ ।

खेलको ७१ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।

नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोट्लरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

तनाव यतिमै सीमित भएन । ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले पनि रातो कार्ड पाए ।

यस्तै, नेपालका सहायक प्रशिक्षक विकास मल्ललाई पनि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यसैगरी, लाइटका कारण खेल झन्डै आठ मिनेट करोकिन पुगेको थियो ।

यसअघि नेपालले शनिबार मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।

विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।

मरिससविरुद्धको दोस्रो खेलमा पनि नेपाल १–० ले विजयी

ताजा अपडेट

नेपालवाच विशेष