NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पश्चिम बंगालकी मुख्यमन्त्रीमाथि राष्ट्रगानको अपमान गरेको आरोप, अदालतमा उपस्थित हुन निर्देशन

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि राष्ट्रगानको अपमान गरेको आरोप लगाएको छ ।

उनीमाथि कारबाही हुनसक्ने बताइएको छ । मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले ममता बेनर्जीलाई आागामी दुई मार्चमा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

ममतामाथि राष्ट्रगानको अपमान गरेको आरोप लगाउँदै भारतीय जनता पार्टीका एक कार्यकर्ताले जाहेरी दिएका थिए । जोहेरीमा भनिएको थियो, ‘ममता बेनर्जीले सार्वजनिक समारोहमा राष्ट्रगानको अपमान गरेकी थिइन् ।’

यो घटना करिब दुई महिना अघिको हो । पश्चिम बंगालको मुख्यमन्त्री बेनर्जीले गत डिसेम्बर मा दुई दिन मुम्बई यात्रामा गएकी थिइन् । त्यसबेला लोकसभा चुनावको तयारीका बेला उनी कैयौं बलिउड हस्तीसँग बैठक बसेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा उनले राष्ट्रगानको केही पंक्ति मात्र पढेकी थिइन् । भाजपा नेताले ममता बेनर्जीले राष्ट्रगानको अपमान गरेको आरोप लगाएका छन् ।

ममताले बैसेरै राष्ट्रगानको ४–५ लाइन पढेको र बाँकी उठेर गाएकी थिइन् । यस प्रकरणको भिडियो भाइरल भएको थियो ।

भाजपा प्रवक्ता शहजाद पूनावालाले उक्त भिडियो शेयर गरेका थिए । उनले ट्विट गर्दै भनेका थिए, ‘के शिवसेना हाम्रो राष्ट्रगान र सम्मानप्रति यस्तो अपमानको समर्थन गर्दछ ? यदि होइन भने मलाई विश्वास छ कि उनीहरू कानुनको सम्बिन्धित धाराअन्तर्गत जाहेरी दर्ता गर्नेछन् ।’