NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेको जिल्ला अधिवेशन स्थानीय चुनावअघि, प्रदेश अधिवेशन भने चुनावपछि

काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचन अघि गर्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचनअघि नै सम्पन्न गर्ने निर्णय गरेको हो ।

यस्तै, आजको बैठकमा स्थानीय तहको निर्वाचन तयारी सम्बन्धमा छलफल भएको थियो । बैठकले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन पनि दिएको छ ।

नेकपा एमालेका अनुसार प्रदेश अधिवेशनका सम्बन्धमा पनि निर्णय भएको छ । अहिले जिल्ला अधिवेशन र स्थानीय तहको निर्वाचन तयारीमा लाग्नुपर्ने भएकाले प्रदेश अधिवेशन चुनावपछि नै गर्ने निर्णय गरेको हो ।