NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गायक विष्णु खत्री पनि राजनीतिमा

काठमाडौं । चर्चित लोक दोहोरी गायक विष्णु खत्री सक्रिय राजनीतिमा आएका छन् । नेकपा माओवादी केन्द्रमार्फत खत्री राजनीतिमा खुलेका हुन् ।

माओवादी केन्द्रले उनलाई बागलुङको गल्कोट नगर कमिटी उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

बुधबार सम्पन्न सम्मेलनले खत्रीलाई गल्कोट नगर कमिटी उपाध्यक्षमा चयन गरेको नेकपा माओवादी केन्द्र, बागलुङले जनाएको छ । राजनीतिमा प्रवेश गरेका खत्रीलाई सामाजिक सञ्जालमा शुभेच्छुकको बधाई ओइरिएको छ ।

गायक बद्री पंगेनीले पनि उनलाई सफलताको शुभकामना दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बन्ने कोशिस गरे पनि उनले पाएनन् ।

नगरपालिका प्रमुखका लागि माओवादी पार्टीबाट उम्मेदवार सिफारिस पनि भएका थिए । अन्तिममा विष्णुलाई सहयोग गर्ने उम्मेदवार भएनन् ।

खत्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने कार्यक्रममा विरलै छुटाउँछन् । हरेक कार्यक्रममा गीत गाउन पुगेकै हुन्छन् ।