NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

रुस–युक्रेन तनाव : दुई हजार सेना युरोप पठाउँदै अमेरिका

काठमाडौं । अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । रसिया र युक्रेनबीच तनाव चुलिरहेका बेला अमेरिकाले थप सेना पठाउने भएको हो ।

यसै साता अमेरिकाले युरोप पठाउन लागेको सेनाको संख्या दुई हजार रहेको बताइएको छ । जसलाई पोल्यान्ड र जर्मनीमा तैनाथ गरिने छ । जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मीलाई भने रोमानिया पठाइँदै छन् ।

रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरिसकेको छ ।

अमेरिकाको यो निर्णयले रुस रुष्ट बनेको छ । उसे यसलाई विनाशकारी भनेको छ ।

अमेरिकालगायत पश्चिमी मुलुकले युक्रेन अतिक्रमण गरेको आरोप रुसमाथि लगाउँदै आएका छन् । तर रुसले त्यसको ठाडै प्रतिवाद गर्दै आइरहेको छ ।