NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुवरी २० मा हुने

विशाल श्रेष्ठ (दक्षिण कोरिया) – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता समाज, दक्षिण कोरियाको अधिवेशन यही फेब्रुवरी २० तारिख आइतबार हुने भएको छ ।

कोरोना महारमारीलाई मध्यनजर गर्दै जुम भ्रचुअल माध्यमबाट महाधिवेशन हुने भएको छ । संगठनलाई थप मजबूत बनाउनका लागि अधिवेशन गर्ने निर्णय रहेको प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाले जनाएको छ । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अथित्वमा अधिवेशन हुन लागेको सन्दिप पराजुली जानकारी गराए ।

बैठकमा विधान संसोधन समितिमा संन्जिव भण्डारीको संयोजकत्वमा सुदिप पौडेल , समिरसिँह ठकुरी र रामचंद्र सुबेदीलाई बिधान संसोधन समितिको नियमावलीको जिम्मा दिने निर्यण रहेको छ ।साथै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रविधिक प्रमुख महेशसिँह महरालाई दिइएको छ ।

समान बिचार आस्था रहेका दक्षिण कोरियामा रहनु भएको राष्ट्रप्रेमी परम्परागत शक्ती नेपाली दाजूभाई तथा दिदिबहीनीहरुलाई प्रवासी नेपाली एकता समाज, दक्षिण कोरियामा आबद्ध हुन आग्रह गर्दै अधिबेशन सहभागी हुनको लागि बाबुराजले हार्दिक अपिल गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष