NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमेरिकामा नेपालीले जिते ४९ करोडको चिट्ठा

काठमाडौं । अमेरिकाको मासाचुसेट्सका ध्रुब थापाले एक करोड (दश मिलियन) अमेरिकन डलरको चिट्ठा जितेका छन् ।

उनले ओसियन स्ट्रेट मार्केटमा उक्त लोटरीको टिकट काटेका थिए ।

थापाले जितेको १० मिलियन डलरको लोटरी रकममध्ये कर लगायतको अन्य बोनस रकम काटेर झण्डै ४५ लाख अमेरिकन डलर (करिब ४९ करोड नेपाली रूपैयाँ) एकै पटक प्राप्त गर्नेछन् ।

उनले आफूले जितेको रकम छोरीको मेडिकल शिक्षमा खर्च गर्ने बताएका छन् ।