NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सभामुख हटाउन कांग्रेसले महाअभियोग प्रस्ताव ल्याए एमाले सघाउन तयार : सचिव रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुखलाई हटाउनका लागि कांग्रेसले महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रायमाझीले सभामुख कानून र विधिअनुसार नचलेको आरोप लगाएका छन् ।

एमसिसीबारे सत्ता गठबन्धनको निर्णयपछि मात्रै एमालेले निर्णय लिने बताए । संसद्को कामकारबाही नियमित गराउनका लागि अहिलेको अवस्थामा सभामुख हटाउनु अनिवार्य भएको उनको भनाइ छ ।