NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भाजपाका कार्यकर्ताद्वारा मुस्लिम नेतामाथि फायरिङ, हिन्दुविरोधी भाषण गरेपछि गाेली चलाएकाे अभियुक्तद्वारा स्वीकार

काठमाडौं । उत्तर प्रदेशको हापुड हमलापछि गृहमन्त्रालयले एआइएनआइएमका प्रमुख असदुद्दीन ओवेसीलाई जेट क्याटागोरीको सुरक्षा दिएको छ ।

अब ओवेसीको सुरक्षामा सीआरपीएफका जवान रहनेछन् । अर्थात ओवेसीको सुरक्षामा अब जेट क्याटोगोरीमा ४ देखि ६ एनएसजी कमान्डो र प्रहरीसहित २२ जवान खटिनेछन् ।

यता प्रहरीले दुई आक्रमणकारी शुभम र सचीनलाई आजै अदालतमा पेश गर्ने तयारी गरेको छ । सूशबेका एडीजी कानून व्यवस्था प्रशान्त कुमारका अनुसार सांसदको धर्मविरोधी भड्काउ भाषण र २०१३–१४ बीचमा अयोध्याको राम मन्दिरलाई लिएर ओवेसीको टिप्पणीका कारण आरोपीले हमला गरेका हुनु । मेरठ रेन्जका आइजी प्रवीण कुमार हापुड जिल्लामै रहेका छन् ।

ओवेसी मेरठ र पिठौरमा पदयात्रा गरेपछि ३ बिहीबार साँझ साढे पाँच बजे एनएच–२४बाट दिल्ली फर्किँदै थिए । हापुड जिल्लाको पिलखुवा थाना क्षेत्रको छिजारसी टोल प्लाजामा पहिलेदेखि नै उभिएका दुई युवकले ओवेसीको गाडीमा गोली चलाएका थिए ।

तीन गोली कारमा लागे पनि ओवेसीको ज्यान भने जोगियो । एडीजी कानून व्यवस्था प्रशान्त कुमारले उक्त घटनामा बादलपुर दुरियाइमा बस्ने सचीन र नकुड गाउँको सपला बेगमपुर बस्दै आएका शुभमलाई पक्राउ गरिएको बताए ।

छानबिनका क्रममा सचीन पहिले एबीभीपीमा रहेको पाइएको छ । उनी लामो समयदेखि भारतीय जनता पार्टीसँग जोडिएका छन् । ७ जुलाई २०१९ मा उनले आफ्नो फेसबुक आएडीमा भारतीय जनता पार्टीको अनलाइन सदस्यता लिएको रसिद पोस्ट गरेका थिए ।

यसका साथै भाजपाका नेता अरुण सिंह, सुनील बन्सल, सांसद महेश शर्मा, एमएलसी श्रीचन्द शर्मा, लक्ष्मीकान्त वाजपेयी, नोयडाका विधायक पंकच सिंहसमेत कैयौं नेताका तस्वीर उनले आफ्नो फेसबुक आइडीमा राखेका छन् ।

पछिल्लो दिन जब गृहमन्त्री अमित शाह नोयडा गएका थिए, त्यहाँ पनि सचीन सहभागी थिए । उनी गोपालदत्त शर्माका समर्थक रहेको पाइएको छ ।

गोपाल तीनै हुन् जसले शाहीन बागमा गोली चलाएका थिए । गोपालदत्त जेलबाट रिहा भएपछि सचीनले नोयडामा स्वागत गरेका थिए । उनीहरु सामाजिक सञ्जालमा आफूलाई कट्टर हिंन्दु भएको बताउँछन् ।