NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रदेश १ को मन्त्रिपरिषद्ले पूर्णता पायो, को–को मन्त्री बने ?

काठमाडौं । लामो समयपछि प्रदेश १ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा कात्तिक १६ मुख्यमन्त्री भएका राजेन्द्र राईले दलहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ललाई पूर्णता दिन सकेको थिएनन् ।

सात मन्त्रालय रहेको प्रदेश १ मा मन्त्रालय फुटाउन दलहरूबीच सहमित भएपश्चात् गत आइतबार बसेको मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या सातबाट १२ पु¥याएको थियो । आज एक मन्त्रालय थप गरेर १३ पु¥याइएको छ ।

को–को बने मन्त्री ?

नियुक्त मन्त्रीहरूमा कांग्रेसबाट प्रतापप्रकाश हाङ्गाम, शेखरचन्द्र थापा र ओमप्रकाश सरावरी छन् । हाङ्गामले उद्योग, श्रम, रोजगार तथा भूमि व्यवस्था, थापाले वन, वातावरण तथा भू–संरक्षण र सरावगीले भूमिव्यवस्था मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्री बनेका छन् । राई खानेपानी, उर्जा तथा सिंचाइ र दर्लामीले कृषि तथा पशुपंक्षी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी एकीकृत समाजवादीबाट खिुन लङ्वा लिम्बू, राजन राई र उपेन्द्र घिमिरे मन्त्री बनेक छन् । लिम्बू पर्यटन तथा संस्कृति, राईले सामाजिक विकास र घिमिरेले सूचना, सञ्चार तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

No description available.

यसअघि राईले नेतृत्व गरेको सरकारमा कांग्रेसबाट दुई, माओवादी केन्द्र र जसपाबाट एक–एक जना मन्त्री भएका थिए । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजना राज्यमन्त्री भएका थिए ।

कुन–कुन मन्त्रालय थप भए ?

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. आर्थिक मामिला तथा योजना
३. आन्तरिक मामिला तथा कानुन
४. सडक पूर्वाधार तथा सहरी विकास
५. खानेपानी, ऊर्जा तथा सिंचाइ
६. सामाजिक विकास
७. स्वास्थ्य
८. उद्योग, श्रम तथा रोजगार
९. वन, वातावरण तथा भू–संरक्षण
१०. संस्कृति तथा पर्यटन
११. कृषि तथा पशुपंक्षी विकास
१२. भूमि तथा यातायात व्यवस्था
१३. सञ्चार तथा सहकारी मन्त्रालय ।
बिहान ११ बजे मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको थियो तर व्यवस्थापकीय ढिलाइका कारण दिउँसो १क बजेपछि शपथग्रहण हुने सांसद ओमप्रकाश सरावरीले जानकारी दिए । उनले दलहरूबीच मन्त्रालयमा सहमति भइसकेको दाबी गरे ।