NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमसिसीबारे स्पष्ट धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं । एमसिसीबारे स्पष्ट धारणा बनाउन भन्दै माओवादी केन्द्रका नेताहरूले आन्तरिक छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्न लागेको बताइएको छ ।

आजैमात्र पधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन संवाद भएको छ । संसादमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको स्रोतले जनाएको छ ।

प्रचण्ड र श्रेष्ठले एमसिसीबारे अमेरिकालाई पठाएको पत्र बाहिर ल्याएकोमा आपत्ति जनाएको थिए । जवाफमा देउवाले पत्र आफूले सार्वजनिक नगरेको दाबी गरेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच, बालुवाटारबाट निष्केको झण्डै सात महिनापछि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

यो भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बताइएको छ । तर, यसको आधिकारिक पुष्टि भएको छैन ।