NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लोलाङ हाइटमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम

काठमाडौं । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

माघ २३ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक्स ट्रेडर्सले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रिक्स ट्रडेर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक्स ट्रेडर्सले अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि नयाँ सोरुमले सहयोग गर्ने बालाजु इलेक्ट्रिक्स ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए ।