NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, होला त स्थानीय चुनावको मिति घोषणा ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।

सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि गत बिहीबार बकेको थिएन । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।

उक्त छलफलमा जेठ ४ गतेलाई स्थानीय निर्वाचन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री देउवा पनि उक्त मितिमा सहमत देखिएका छन् ।

सम्भवतः आजको बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनेछ । बैठकमा स्थानीय तह निर्वाचनकै विषयमा छलफल हुने एक मन्त्रीले बताए ।