NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दुई छोरा छाेडेर चार महिनादेखि श्रीमती बेपत्ता, श्रीमान्ले गरे खोजिदिन आग्रह

काठमाडौं । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलन ४ महिना अगाडि श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अर्जुनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए ।

अर्जुन गलैचा कारखानामा काम गर्दै आएका छन् । उनीहरूको एउटा ४ वर्ष र अर्को ६ वर्षको छोरा छन् ।

‘सबै प्रहरी प्रशासनमा खबर गरे पनि अहिलेसम्म केही पत्ता लागेको छैन । घरमा दुईवटा छोरा छन्, उनीहरूको बिचल्ली भएको छ’, अर्जुनले भने ।

माइतीपक्षले पनि छोरीको बारेमा केही जानकारी नदिएको उनले बताए । उनले श्रीमतीले तास खेल्ने गरेको र आफूले तास नखेल्न सुझाव दिँदै आएको पनि सुनाए ।

श्रीमती कमला असोज ३० गते चापाँगाउँबाट हराएको तर एक हप्तापछि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट आफूलाई फोन गरेको अर्जुनले बताए ।

यद्यपि, कमलाले घर फर्कन्छु भनेर आफूलाई झुट्टो आश्वासन दिएको उनले गुनासो पोखे ।

‘तर चाँडै नै घर आउछु भनेको बुढी आजसम्म पनि फर्केकी छैन । उनी घर फर्केर आइदिए मात्रै हुन्थ्यो अरु मलाई केही चाहिएको छैन्’, उनले भने ।

फोन गरेर सम्पूर्ण आफन्तलाई सोध्दा कसैले पनि उनको बारेमा आफूलाई केही नबताएको उनको भनाइ छ । उनले आफ्नो श्रीमती कसैसँग हिडेको कत्ति पनि आशंका नभएकोसमेत स्पष्ट पारे ।