NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रुसको महत्त्वपूर्ण ग्यास पाइपलाइन बन्द गराइदिने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसले हमला गरेमा उसको महत्त्वपूर्ण ग्यास पाइपलाइन बन्द गराइदिने चेतावनी दिएका छन् ।

जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि प्रतिक्रिया दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध रोक्नेबारे छलफल चलिरहँदा बाइडन र सोल्जबीच वार्ता भएको हो ।

नर्ड स्ट्रिम टू पाइपलाइन रुसको सबैभन्दा ठूलो ग्यास पाइलपलाइन हो । बाइडेनले यही पाइपलाइन बन्दको चेतावनी दिएका हुन् ।

रुस– युक्रेनबीच झण्डै एक दशकदेखि झगडा जारी छ । दुई देशबीचको यही पुरानो तिक्तता अहिले चुलिएको छ । अमेरिकी अधिकारीहरूले रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज एकीकृत गरिसकेको दाबी गरेको छ ।