NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो ।

पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष