NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
विवेकशील विवाद

मिश्र र निर्वाचन आयोगविरुद्ध पाण्डेले हाले सर्वोच्चमा मुद्दा

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्रले कारबाही गरेका मिलन पाण्डेले उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । मिश्रले पार्टीको विधान र संविधानविरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै उनले आज सर्वोच्चमा रिट हालेका हुन् ।

साथै, पाण्डेले मिश्रमाथि पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने तथा सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्नेजस्ता आरोप लगाएका छन् ।
त्यस्तै, पाण्डेले मिश्रले पेश गरेको अप्रमाणित माइन्यूट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि रिट दिएका छन् ।

‘विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डेलाई गरिएको कारबाही बदर गर्न, विधान र प्रक्रियाको आधारमा पार्टी सञ्चालन गर्न गराउन विपक्षीहरूका नाममा परमादेश माग गरिन्छ’, रिटमा उल्लेख छ ।