NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मीनकुमारी ट्रस्ट स्थापना, समाजमा योगदान पुर्याएकालाई वर्षेनी पुरस्कृत गरिने

काठमाडौं । भक्तपुरको बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलविक्रम राणा संरक्षक तथा छोराहरू कबिर र रविका साथै नाति विक्रान्तविक्रम राणा सञ्चालक रहने गरी ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ ।

मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको हो ।

ट्रष्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहन्दार विद्यार्थीलाई छात्रबृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि ३१ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोषको स्थापना गरेको ट्रष्टले जनाएको छ ।

उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रालिका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक कबिर राणाले जानकारी दिए ।