NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

डिशहोमले ल्यायो वाइफाई सिक्ससहितको ६ सय एमबिपिएसको इन्टरनेट

काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबिपिएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाइस्पिड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३०० र ६०० एमबिपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलोपटक लेटेस्ट वाइफाई प्रविधिको वाइफाई सिक्स राउटर र मेस नोडमार्फत ग्राहकहरूले हाइस्पिड इन्टरनेटको मज्जा लिन सक्ने डिशहोमले जनाएको छ ।

डिशहोमले ल्याएको वाइफाई सिक्स राउटर अहिले बजारमा पाइने राउटरभन्दा चारगुणा फास्टार स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषता वाइफाई सिक्स राउटरमा रहेका छन् ।