NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको हो ।

नयाँ वरीयताअनुसार नेपाल १६७ स्थानमा रहेके छ । यसअघि नेपाल १६९ स्थानमा थियो । नेपालको अंक ९८२ दशमलब २२ रहेको छ ।

भारत भने १०४ स्थानमै यथावत छ । दक्षिण एसियामा भारत पहिलो स्थानमा छ । भारतपछि माल्दिभ्स १५७ औँ स्थानमा रहेको छ । त्यसपछि तेस्रो स्थानमा नेपाल रहेको छ ।

नेपालपछि भुटान १८५ र १८६ औँ स्थानमा बंगलादेश रहेका छन् । १९७ औँ स्थानमा पाकिस्तान र २०४ औँ स्थानमा श्रीलंका रहेको छ । श्रीलंका अन्तिम स्थानमा रहेको हो ।

नेपालले यसै महिना अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । घरेलु मैदानमा नेपालले दुवै खेल जितेको थियो । यससँगै नेपालको वरीयतामा सुधार भएको हो ।

May be an image of text that says '161 SIN 1000.78 -2.61 162 FIJ 996.27 0.00 163 中 BRB 995.94 0.00 164 VAN 995.62 0.00 165 PNG 990.55 0.00 SZ 166 BER 982.43 0.00 167 NEP 982.22 9.77 168 SSD 977.81 -2.44'