NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पहिलोपटक कप्तानी गर्दै सन्दीप, ओमानविरुद्ध टस जितेर बलिङ रोजे

काठमाडौं । चारदेशीय टि–२० सिरिजअन्तर्गत नेपालले आज आयोजक ओमानविरुद्ध खेल्दैछ ।
यसैबीच, नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

खेल ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्ड भइरहेको छ । सिरिजअन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो खेल खेल्दैछ ।

युवा बलर सन्दीप लामिछानेले पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गर्दैछन् ।

ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई कप्तानी दिएको हो । सन्दीपको कप्तानीमाथि धेरैले प्रश्नसमेत उठाइरहेका छन् । यसर्थ, आज सन्दीपले कस्तो नेतृत्व गर्ने हुन् धेरैको प्रतिक्षाको विषय बनेको छ ।

ओमानविरुद्ध नेपालले बलिङ गर्ने

सिरिजमा आयोजक ओमान, नेपाल, आयरल्यान्ड र युएईको सहभागिता जनाएका छन् ।

नेपालले ओमानसँग टि–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । सो खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

आइसिसी पुरुष टि–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह २ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

आज सागर ढकाल र विवेक यादवले टि–२० मा नेपालका लागि डेब्यु गर्दैछन् ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।