NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओमानले दियो नेपाललाई १३६ रनको मध्यम लक्ष्य

काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपाल र ओमानबीच अहिले खेल जारी छ ।

यसैबीच, आयोजक ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन जोडेको छ । ओमानले नेपाललाई १३६ को मध्यम लक्ष्य दिएको छ ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारेक छन् ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

पहिलोपटक कप्तानी गर्दै सन्दीप, ओमानविरुद्ध टस जितेर बलिङ रोजे