NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओमानमाथि नेपालको ६ विकेटको जित

काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको छ ।

एक सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कष्ट अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ७३ रन बनाए ।

यस्तै, आरिफ शेखले ३५, ओपनर आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।

त्यसैगरी, अर्का ओपनर प्रदीप ऐरी, शरद भेषावकरले समान चार रन बनाए ।

यसअघि, अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ मध्यम रन जोडेको छ ।

ओमानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष