NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मास्क लगाउँदा अपनाऔँ यी सावधानी

कोरोना भाइरस महामारीका कारण विगत दुई-तीन वर्षयता मास्क लगाउनु अनिवार्य आवश्यकताजस्तै बनिसकेको छ । यदि हामीले मास्कको उचित प्रयोग गर्न सक्यौं भने मात्रै त्यसले हामीलाई कोरोनाबाट बचाउन सक्छ । अब जानौं मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा :

–मास्क लगाउनुअघि साबुन पानी र सेनेटाइजरले राम्रोसँग हात धुनुपर्छ ।

–मुख र नाक मास्कले मज्जासँग ढाक्नुपर्छ । तपाईँको अनुहार र मास्कबीचमा अन्तर छैन भन्ने निश्चित गर्न जरुरी छ ।

–प्रयोग गर्नेक्रममा मास्कलाई जथाभावी छुनु हुँदैन ।

– यदि प्रयोग गरेको मास्क ओसिलो भयो भने नयाँ लगाउनुपर्छ । एकपटक प्रयोग गरिसकेको माक्स सकेसम्म पुनः प्रयोग गर्नुहुँदैन ।

Improper use of medical masks can cause infections

–यदि प्रयोग गरेको मास्क ओसिलो भयो भने नयाँ लगाउनुपर्छ । एकपटक प्रयोग गरिसकेको मास्क पुनः प्रयोग गर्नुहुँदैन ।

–मास्क निकाल्नुअघि यसलाई पछाडिबाट हटाउनुपर्छ । मास्कको अगाडि नछोइ यसलाई उचित ठाउँमा फाल्नुपर्छ । र, पुनः साबुनपानीले हात धुनुपर्छ । (एजेन्सीको सहयोगमा)