NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

म्यानमारमा सैनिक सरकारको १ वर्ष : ८०० बढी कैदी रिहा

काठमाडौं । म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ । सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिबार आममाफीको घोषणा गरेको छ ।

म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो । म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको वर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा १ हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएको छ ।

जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गरेको राज्य सञ्चालित सञ्चार माध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् ।

जुन्टा प्रवक्ता जाउ मिन टुनले एएफपीसँग भने, ‘म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी र विभिन्न जातीय समूहहरूबीच बेलायती शासनबाट स्वतन्त्र बर्मा संघ गठन गर्ने सम्झौताको सम्झनामा म्यानमारले एक दिन वर्षिक विदा दिने र स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

सरकारले स्वतन्त्रता दिवसका एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका अर्थशास्त्रका प्राध्यापक निजामती नेता आङ सान सुचीको सल्लाहकारको रूपमा काम गरिरहेका अस्ट्रेलियाली शिक्षाविद् शन टर्नेललाई रिहा गर्नेछ वा थुनामा नै राख्ने छ भन्नेबारे उनले खुलाएनन् । गत फेब्रुअरीमा सैनिक सरकारले उनलाई पदबाट हटाएको केही दिनपछि उनी पक्राउ परेका थिए ।

उनलाई म्यानमारको आधिकारिक गोप्य कानून उल्लंघन गरेको अभियोग लगाइएको छ र दोषी प्रमाणित गरिएमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय दिनसक्ने कानुनी प्रावधान छ ।

प्रियजनहरूसँग पुनर्मिलन हुने आशामा शनिबार बिहान याङ्गोनको इनसिन जेलबाहिर लगभग १०० जना मानिसहरू भेला भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

यसैबीच, स्थानीय समयको मध्याह्नतिर चारवटा मिनीबसहरूमा चढी जेलबाट बाहिरिएका थिए । यद्यपि, आफन्तसँग पुनः मिलनको सपना लिँदै जेलसम्म पुगेका मानिसहरूको भीडले उनीहरूलाई तत्काल भेट्न भने पाएनन् । आफन्तहरूले नातेदारहरूको नाम रहेको प्लाकार्ड हल्लाउँदा भित्रका मानिसहरूले आफूहरू त्यहाँ रहेको सङ्केतमात्र गरेका देखिएको थियो ।