NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नक्कली बैंक ग्यारेन्टी पेश गर्ने ४ निर्माण कम्पनीलाई अख्तियारले बोलायो

काठमाडौं । चार निर्माण कम्पनीमाथि नक्कली बैंक ग्यारेन्टी र क्रेडिट लाइन पेश गरेर पेस्की रकम लिई अन्यत्र लगानी गरेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको छ । उजुरीलगत्तै आयोगले त्यस्ता निर्माण कम्पनीलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

डिभिजन सडक कार्यालय, सुर्खेतअन्तर्गतको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी र क्रेडिट लाइन पेस गरी पेस्की लिएको उजुरीको आधारमा उपस्थित हुन १५ दिने सूचना जारी गरेको आयोगले जनाएको छ ।

उपस्थितिका लागि बोलाइएकामा टौदह कन्स्ट्रक्सन प्रालिका सञ्चालक राधाकृष्ण कार्की, बिटी निर्माण सेवा प्रालिका माधवप्रसाद भण्डारी, धमेन्द्र निर्माण सेवा प्रालिका विष्णुबहादुर डिसी र बिटी निर्माण सेवाकै प्रबन्ध निर्देशक राजकुमार भण्डारी छन् ।

सूचना प्रकाशित भएको १५ दिनभित्र आयोगको कोठा नं. ११४ मा सम्पर्क राख्न आयोगले भनेको छ । अन्यथा कानूनबमोजिम थप कारबाही हुने चेतावनी आयोगको छ ।