NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महाअभियोग दर्ता प्रकरणमा एमालेले संसदीय दलको बैठक बोलायो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई षड्यन्त्र भनेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिपक्षी दललाई जानकारी नै नदिई प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गर्नु आफैँमा शंकास्पद भएको बताए ।

उनले यसबारे निर्णय लिन पार्टीले भोली सोमबार ११ बजे संसदीय दलको बैठक बोलाएको बताए । उनले महाअभियोग दर्ता भएको सन्दर्भमा पार्टीको धारणा र निर्णय लिने बताए ।