NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

यस्ता छन् सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई लगाएका मुख्य पाँच आरोप

काठमाडौं । सत्ता गठबन्धनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ज.ब.राका विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

कार्यसम्पदानमा असक्षमता देखाएको भन्दै सत्ता गठबन्धनका ९८ जना सांसद मिलेर आज महाअभियोग दर्ता गराएका हुन् ।

महाअभियोगको प्रस्ताव दतामा उनीहरूले ज.ब.रामाथि लगाएका विभिन्न आरोपमध्ये यस्ता छन् मुख्य पाँच आरोप :

१) लोकतन्त्र, मानवअधिकार, जनताको न्यनय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधान न्यायाधीश असक्षम रहेको,

२) सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै आफ्नो कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र प्रभाव बढाउदै लगेको अवस्था विद्यामन रहेको,

३) संविधानको पवित्र उद्देश्य र संवैधानिक दर्शनलाई भताभुंग र नष्ट गर्ने गरी संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्प्त्ति सरह दुरुपयोग गरेको,

४)विवादस्पद, आपत्तिजनक पदीय मर्यादा र आचरण विपरित काम गरेको । बहालवाला प्रधानन्यायाधीशसँग हुनुपर्ने, स्वतन्त्र न्यायालिकाले अपेषा गर्ने कुनै पनि गुण र विशेषता राणासँग अब बाँकी नरहेको,

५) संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायलयको साख, इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रूपमा विफल रहेको,

महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायधीश राणा स्वतः पदबाट निलम्बित भएका छन् ।