NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
अन्तर्वार्ता

महाभियोगबारे अहिल्यै टिप्पणी गर्नु उपर्युक्त हुँदैन : नेम्वाङ

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूसँग कुनै छलफल नगरी सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएकोमा आपत्ति जनाएको छ ।

यस विषयमा नेपालवाचले एमाले संसदीय दलका उप–नेता तथा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संक्षिप्त अन्तर्वार्ता गरेको छ ।

करिब तीन महिनापछि सत्तापक्षका सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेका छन्, यसलाई प्रतिपक्ष दलले कसरी लिएको छ ?

हामीले सत्तापक्ष, संसद र सिंगो देशलाई जानकारी दिएर सातै प्रदेशमा छरिएर रहेका छौं । निर्वाचन तयारीकाका लागि प्रशिक्षण तथा अभिमुखीकरण काममा आज र भोलि कार्यक्रम छ ।

यस्तो गम्भीर विषय हाम्रो सहयोगविना पास हुन सक्दैन । त्यति गम्भीर विषयमा हामीलाई जानकारी नदिइ छापामारशैलीमा किन महाअभियोग प्रस्ताव ल्याइयो ? त्यसैले यसमा हामी गम्भीर भएर एउटा निष्कर्षमा पुग्छौं ।

निर्वाचन केन्द्रित कार्यक्रममा हामी व्यस्त भइरहेको अवस्थामा हठात् महाअभियोगको कुरा आयो । यो गम्भीर विषय हो । यस्तो विषयमा प्रतिपक्षलाई कुनै जानकारी छैन । त्यसैले यसबारेमा हामीले सबै साथीहरूलाई जानकारी गराएका छौं । अब यसबारेमा सल्लाह गरेर एउटा निष्कर्षमा पुग्छौं ।

तीन महिनासम्म नल्याएर अहिले हठातमा महाअभियोगको प्रस्ताव ल्याउनुको भित्री उदेश्य के हुन सक्छ ?

यसबारेमा अहिल्यै टिप्पणी गर्नु उपर्युक्त हुँदैन । सर्वोच्च अदालतमा हामीले कारबाही गरेका १४ जना सांसदको पेस्की आजै एक नम्बरमा परेको छ ।

हाम्रो धेरै ठूलो प्रयासले अहिले स्थानीय तहको चुनावको मिति तय भएको छ । यसबारेमा कसको भूमिका के छ सबैलाई थाहा छ । यस्तो अवस्थामा अचानक यस्तो गम्भीर विषय आयो । यसले हामीलाई धेरै गम्भीर बनाएको छ । यसबारेमा एमालेले गम्भीरतापूर्वक छलफल गर्छौं ।

महाअभियोग पास गर्न एमालेको साथ नभए सम्भव छैन । तपाईंहरू अब के गर्नुहुन्छ ?

प्रतिपक्ष राज्यको अभिन्न अंग हुन्छ । हामी जुन प्रणालीमा छौं, त्यो प्रणालीमा प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभरमेन्ट’ हो । प्रतिपक्षसँग सत्तापक्षले सँधै छलफल र सहकार्य हुने गर्छ । हामीले अपनाएको संसदीय प्रणाली भनेको त्यस्तो हो ।

तर यस्तो गम्भीर विषय हाम्रो सहयोगविना पास हुन सक्दैन । त्यति गम्भीर विषयमा हामीलाई जानकारी नदिइ छापामारशैलीमा किन महाअभियोग प्रस्ताव ल्याइयो ? त्यसैले यसमा हामी गम्भीर भएर एउटा निष्कर्षमा पुग्छौं ।