NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बतासले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा बाधा नपुर्‍याउन अदालतको आदेश

काठमाडौं । बतास फाउण्डेसनले सञ्चालन गर्दै आइरहेको पशुपति धर्मशालाबारे उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चालनमा कुनै पनि बाधा नपु¥याउन भन्दै आज न्यायाधीश नरिश्वर भण्डारीको इजलासले आदेश दिएको हो ।

बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिले पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा पशुपति विकास कोषले धर्मशाला सञ्चालनमा अवरोध पु¥याउन खोजेको भन्दै रिट दायर गरेको थियो ।

अदालतले आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । उक्त छलफलको टुंगो नलागेसम्म त्यहाँ होटल सञ्चालन गर्र्नमा बाधा सिर्जना गर्न पाइने छैन ।

धर्मशालामा विभिन्न अनियमितता भएको औंल्याउँदै मन्त्री आलेको निर्देशनमा उक्त धर्मशालाको सम्झौता रद्द गरिएको थियो ।