NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महाभियोगबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सत्तासीन दलले संसदमा पेश गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे बैठक बस्ने एमालेले जनाएको छ ।

प्रधानन्यायाधीशविरुद्ध सत्तासीन दलले छापामार शैलीमा महाभियोगको प्रस्ताव ल्याएपछि एमाले असन्तुष्ट छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले चुनाव भाँड्ने र प्रतिपक्ष–सत्तपक्षबीचको दूरी बढाउने षड्यन्त्र भएको बताइसकेका छन् ।

आइतबार बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाभियोग असफल पार्ने निर्णय लिइसकेको छ । आज बस्ने संसदीय दलको बैठक पार्टी अध्यक्ष ओलीले पार्टीको रणनीति र योजनाबारे सांसदहरूलाई निर्देशन दिने अनुमान गरिएको छ ।