NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चोलेन्द्रको पक्षमा निस्कियो जुलुस

काठमाडौं । सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्तावको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाशीश राणामाथि महाभियोग नलगाउन भन्दै उनका समर्थकले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकालेका छन् ।

स्वतन्त्र कानून व्यवसायीहरूको आयोजनामा दिउँसो २ बजेतिर जुलुस निस्किएको हो । जुलुसमा ५० जनाभन्दा बढी स्वत्रन्त्र कानून व्यवसायीहरूको सहभागी रहेको थियो । विरोध प्रदर्शनमा सहभागी कानून व्यवसायीहरूले स्वतन्त्र न्यायपालिका कायम गर, न्यायलयमाथि राजनीतिक हस्तक्षेप बन्द गर, महाभियोग प्रस्ताव फिर्ता गर जस्ता नारा लगाएका थिए ।

गठबन्धनका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।