NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते
अन्तर्वार्ता

प्रेम आले भन्छन्– गाली गरे पनि खासै धेरै गरेको होइन

'सताएपछि गाली गरेको हुँ, अब प्रहरीमा पनि जाहेरी दिन्छु'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले एक युवकलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अडियो यतिबेला सार्वजनिक भएको छ जतिबेला खास कामका कारण आलेको वाहवाही भइरहेको छ ।

अश्लील गालीको अडियो सार्वजनिकपछि ‘मन्त्रीको मर्यादा राख्न नसकेको’ लगायत आरोप उनीमाथि लागेको छ ।

अडियो प्रकरण बाहिरिएसँगै हामीले उनीसँग सम्पर्क गरेका थियौं । उनले रातविरात ती युवकले फोन गरेर सताएपछि आफूले थेग्न नसकेको स्वीकार गरे ।

पर्यटन मन्त्रीका रूपमा मैले कैयन् जनप्रिय काम गरिरहेको छु । नारायणहिटीमा बतासलाई ठेगान लगाए । राजस्व नतिर्ने क्यासिनो र पाँचतारेको इजाजत रद्द गरिदिएँ । यी जनप्रिय काम कतिपयलाई मन परेको छैन । त्यसकै रिस अहिले आएर पोखिएको हो ।

अश्लील अडियो संवादबारे मन्त्री आलेसँग गरिएको संक्षिप्त कुराकानी :

एउटा अश्लील अडियो संवाद तपाईंको भनेर सामाजिक सञ्जालमा आइरहेको छ । यसको वास्तविकता के हो ?

मैले पनि अडियो बाहिरिएको थाहा पाएँ । त्यो मेरै हो । तर अहिलेको नभएर एक वर्षअघि म वन मन्त्री छँदाको हो ।

मन्त्रीजस्तो मर्यादित पदमा रहेको व्यक्तिले यसरी अश्लील गाली गर्नु अस्वभाविक भयो भनेर आलोचना भइरहेको छ नि ?

म वन मन्त्री हुँदादेखि त्यो मान्छेले मलाई तनाव दिन थालेको हो । धेरै पटक उसलाई कार्यशैली सुधार्न सम्झाएँ, बुझाएँ । तर कहिल्यै सुध्रिएन । कहिले रातिको १२ त कहिले १ बजे फोन गथ्र्यो । फोन मात्रै गरिदिए त हुन्थ्यो, के–के नानाभाँती आरोप लगाएर गाली गथ्र्यो ।

म वन मन्त्री छँदाको कुरा हो । एक दिन रातको १२ बजे फोन आयो । त्यो उसकै कल रहेछ, उठाएँ । लगत्तै अरू केही नभनी ‘गद्धार’ भनेर गालीगलौज गर्न थाल्यो । मैले इग्नोर गरिदिएको भए हुन्थ्यो होला । तर मध्यराति त्यसमा पनि आधारहीन आरोप लगाएर गाली गरेपछि मलाई झनक्क रिस उठ्यो । प्रतिवाद गर्ने क्रममा म सम्हालिन सकिनँ ।

यी युवकचाहिँ को हुन् ?

जगत् ओली हुँ भनेर परिचय दिन्छन् । खासमा उनी को हुन्, म राम्रोसँग चिन्दिनँ । फेसबुकमा रिक्वेस्ट आएपछि साथी बनेका हुन् । त्यसपछि नै उनी एमाले भएको थाहा भयो । ‘पार्टी विभाजन हुन हुँदैन, एक हुनुपर्छ’ भनिराख्थे । मानसिक सन्तुलन पनि ठीक छैन । जसलाई पनि सामाजिक सञ्जालमा गाली गर्छन् । प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, गगन थापा, सुशीला कार्की कसैलाई बाँकी राखेका छैनन् ।

एक दिन रातको १२ बजे फोन आयो । त्यो उसकै कल रहेछ, उठाएँ । लगत्तै अरू केही नभनी ‘गद्धार’ भनेर गालीगलौज गर्न थाल्यो । मैले इग्नोर गरिदिएको भए हुन्थ्यो होला । तर मध्यराति त्यसमा पनि आधारहीन आरोप लगाएर गाली गरेपछि मलाई झनक्क रिस उठ्यो । प्रतिवाद गर्ने क्रममा म सम्हालिन सकिनँ 

सार्वजनिक पदमा रहेका व्यक्तिमाथि आलोचना भइरहन्छन् । मन्त्रीजस्तो मर्यादित पदमा रहेको व्यक्तिले यसरी अश्लील गालीगलौज गर्नु अलि अशोभनीय भएन ?

यही सोचेर कैयौं पटक उदारता देखाएँ । सम्झाएँ, बुझाएँ । तर सम्झिए पो । राति–राति फोन गरेर सताउने सिलसिला जारी रह्यो । यस्तो हर्कत निरन्तर भएपछि त्यसलाई मैले थेग्न सकिनँ । गाली गरे पनि मैले खासै धेरै गरेको होइन । मैलेभन्दा उसले कैयन् गुणा धेरै गाली मलाई दिएको छ ।

एक वर्षअघिको अडियो रहेछ । यही बेला किन सार्वजनिक भयो होला ?

पर्यटन मन्त्रीका रूपमा मैले कैयन् जनप्रिय काम गरिरहेको छु । नारायणहिटीमा बतासलाई ठेगान लगाए । राजस्व नतिर्ने क्यासिनो र पाँचतारेको इजाजत रद्द गरिदिएँ । यी जनप्रिय काम कतिपयलाई मन परेको छैन । त्यसकै रिस अहिले आएर पोखिएको हो ।

यसरी दुःख दिनेविरुद्ध साइबर क्राइममा उजुरी दिन मिल्छ नि ?

ठीक भन्नुभयो । अब साइबर क्राइमको अभियोगमा उजुरी दिन्छु ।