NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डा

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फागनु ८ मा बस्ने तयारी भएको छ ।
पुस १८ मा काठमाडौंमा भएको ८ औं महाधिवेशनले २३६ जनाको अपुरो केन्द्रीय कमिटी गठन गरेको थियो ।

महाधिवेशनपछि १९ मा ललितपुर सानेपामा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्षमा चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न सकेको छैन । त्यसयता लगातार बैठक स्थगित हुँदै आएको छ ।

यस्ता छन् सम्भावित एजेण्डा :

-एमसिसीको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने ।

-प्रधानन्यायाधी चोलेन्द्रशमशेर राणामाथिको महाभियोगको सम्बन्धमा पार्टीको रणनीति तय गर्ने ।

-सरकारको तर्फबाट एमसिसी सदनमा टेबुल भएको खण्डमा पार्टीको भूमिकाबारे छलफल गर्नेपदाधिकारी चयन गर्ने ।

-स्थानीय चुनावको तयारी सम्बन्धमा आवश्यक निर्णय लिने ।

-पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरी निष्कर्ष निकाल्ने ।