NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

लिङ्देनका सयभन्दा बढी महिला नेता–कार्यकर्ता थापातिर

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धक्का लागेको छ । सो पार्टीका सय जनाभन्दा बढी महिला कार्यकर्ताले पार्टी छाड्ने निश्चित भएसँगै लिङ्देनलाई धक्का लागेको हो ।

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा रहेका १०४ जना महिला कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने निश्चित भएको पूर्वमन्त्री सुशील श्रेष्ठले नेपालवाचलाई जानकारी दिए । श्रेष्ठ पनि राप्रपा नेपालका नेता हुन् ।

यसै हस्तामात्र पूर्वअध्यक्ष थापाले राप्रपा नेपालमा समाहित हुने निर्णय गरेका थिए ।

राप्रपा छोडर राप्रपा नेपालमा प्रवेश गर्नेमा महिलामा ममता राईदेखि नानी तामाङसम्म छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष