NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्‍याउन महासंघको सुझाव

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदको सिमा अधिकतम १७ प्रतिशत तोक्न सुझाव दिएको छ । महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेट गरी पत्रमार्फत सहकारी विभागलाई यस्तो सुझाव दिएको हो ।

सुझाव पत्रअुनसार १७ प्रतिशतबाट नघट्ने गरी सन्दर्भ ब्याजदर तोक्न विभागलाई सुझाव दिइएको हो ।

महासंघले दिएको सुझाव पत्रमा सहकारी संघ संस्थाको आधार ब्याजदरमा बढीमा प्रिमियर ६ प्रतिशतसम्म लिन पाउने गरी अधिकतम सन्दर्भ ब्याजदरको अधिकतम सिमा १७ प्रतिशत तोक्नुपर्ने सुझाव रहेको छ ।