NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

फ्रेन्ड्सविरुद्ध जावलाखेलले तीन गोलको अग्रता जोगाउन सकेन

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेलमा गोलको वर्षा भएको छ । गोलको वर्षा भए पनि खेल भने बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले दुई गोल तथा रुपबहादुर लामाले एक गोल गरे ।

यस्तै फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले दुई तथा नाथानिल जुड ग्रासियाले एक गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो ।

खेलको ११औँ मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा लोइकले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

यसैगरी खेलको ४३औँ मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० को अवस्थामा पु¥याए ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा फ्रेन्ड्सका नाथानिलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

खेलको ७१औँ मिनेटमा फ्रेन्ड्सका जमोलले फ्रिकिकमा गोल गर्दै ३–२ को अवस्थामा पु¥याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

बराबरीसँगै जावलाखेल हालसम्म ११ खेलमा १० अङ्क जोड्दै ११ औँ स्थानमा छ । समान खेल खेलको फ्रेन्ड्स सात अङ्कसहित १२ औँ स्थानमा छ ।

हेरौं अंक तालिका :

No photo description available.