NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पढाउन छोडेर शिक्षक सेवा आयोगको तयारीमा नबस्न शिक्षकहरूलाई चेतावनी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालयको पठनपाठनमा ध्यान दिन चेतावनी दिएको छ ।

पछिल्लो समय शिक्षकहरू पढाउन छाडेर शिक्षक सेवा आयोगको परीक्षा तयारीमा केन्द्रीत भएको गुनासो आएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले विद्यालय छाडेर परीक्षा तयारीमा सामेल हुने, कोचिङ कक्षामा पढ्ने र पढाउनेजस्ता समस्या बढेको भन्दै यस्तो काम रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले यसबारे अनुगमन गरी यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।

May be an image of text