NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

युक्रेनमा रुसी हमलाको सम्भावना कायमै, आक्रमण भए ठूलो मूल्य चुकाउनु पर्छ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा अझै रुसी हमलाको सम्भावना कायमै रहेको बताएका छन् । साथै उनले आक्रमण भए ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

रुसले युक्रेनको सीमातर्फ तैनाथ सेना फर्काएर युद्धको मनस्थितिमा नरहेको सन्देश प्रवाह गरिरहेका बेला बाइडनको टिप्पणी आएको हो ।

बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाख सैनिक तैनाथ गरेको बताए । रुसले आक्रमण गरेमा त्यसको दृढतापूर्वक जवाफ दिन अमेरिका तयार रहेको बाइडेनको भनाइ छ ।

रुसले भने आफ्ना केही सैनिक फर्कंने क्रममा रहेको बताएको छ ।

पुटिनले हमलाको योजना बनाइरहेको आरोपको सधैं खण्डन गर्दै आइरहेका छन् ।