NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

एमसिसी टेबलका निम्ति प्रतिनिधिसभा बैठक आह्वान गरिएको सन्दर्भमा माओवादी केन्द्रले सांसदहरूसँग छलफल गर्न लागेको हो ।

माओवादी केन्द्रका सचेतक देव गुरुङले आज बस्ने बैठकमा पार्टीले खेल्ने भूमिकाबारे निर्क्योल गर्न संसदीय दलको बैठक बोलाइएको बताए ।

नेपाली कांग्रेस जस्ताको तस्तै एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि माओवादी यथास्थितिमा गर्न नहुने अडानमा छ । त्यसैले संसदमा उसले निर्वाह गर्ने भूमिकालाई चासोका साथ हेरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष