NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक स्थगीत भएको छ । आगामी शुक्रबार एक बजे बस्नेगरी संसद बैठक स्थगित भएको हो ।

जारी बैठकमा एमालेका सांसदहरूले विभिन्न माग राख्दै नाराबाजी गरेका थिए । आफूले कारवाही गरेको १४ सांसदालाई कारवाही नगरेसम्म संसद अवरुद्ध गर्ने एमाले सांसदहरूको माग थियो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन पेश गरे । त्यस्तै दिवंगत तीनजना पूर्व सांसदप्रति शोक सम्वेदना प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरिएको छ ।

आज अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी हुँदै गर्दा दलहरूबीच नै असहमति भएपछि टेबुल हुनबाट रोकिएको छ ।