NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का संघीय सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ती करणीको आरोप लगाउँदै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जुम्लाकी माओवादी नेतृ तथा शिक्षिका शान्ति शाहीले बानियाविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले बुधबार पक्राउ पूर्जी जारी गरेको हो ।

आफूले बानियालाई २५ लाख रुपैयाँ सापटी दिएको सो फिर्ता गर्न रकम फिर्ता गर्न होटलमा बोलाएर जबरजस्ती करणी गरेको शाहीको दाबी छ ।

सामाजिक सञ्जालमार्फत यो विषय सार्वजनिक गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । यसअघि प्रहरीले आलटाल गर्दै आएको बताइएको छ ।