NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

निर्वाचन सार्न माग गर्दै दिइएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय निर्वाचनको मिति सार्न दिइएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आगामी वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले दिएको रिट दर्ता गर्न सर्वोच्चले आज आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठको निर्णय बदर गरी रिट दर्ता गर्न आदेश दिएको हो ।

यसअघि गत बुधवार सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको व्यवस्था देखाउँदै उक्त रिट दरपीठ गरिदिएका थिए । आज सोही दरपीठ बदर भएको छ ।

यससँगै स्थानीय निर्वाचनको मुद्दा अदातलसम्म पुगेको छ ।