NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एलसी मार्जिनमा व्याज प्रदान गर्न नेपाल राष्ट्र बैंकलाई नाडाको आग्रह

काठमाडाैं । नेपाल अटोमोबाइलस् एसोशिसयन नेपाल (नाडा)ले सवारी साधनको आयातमा एलसी मार्जिन व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको थियो ।

उक्त व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या देखिएको र सवारी साधनको मूल्य समेत बढन गएको नाडाको भनाइ छ । नाडाले पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि बैंकलाई अनुरोध गरेको छ ।

त्यस्तै निक्षेपको व्याजदर बढेसँगै बैंक तथा वित्तीय निकायहरुले स्वभाविक रुपमा कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैंकसँग नाडाले आग्रह गरेको छ ।

वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिकक्षेत्रलाई ठूलो मार पर्ने नाडाको निष्कर्ष छ ।

उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको नाडाको भनाइ छ।