NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

फुटबलर खड्का नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको थियो ।

नेपाल पुलिस क्लबका पूर्वखेलाडी खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई)मा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप अदालतले प्रमाणित गर्दै दोषी ठहर गरेको हो ।

अदालतले उनलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरीवाना तोकेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको थियो । दुई वर्षअघि नै उनले प्रहरीको असई पदबाट राजीनामा दिएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष