NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

राप्रपा नेपालको अध्यक्षमा कमल थापाको नाम अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले राप्रपा नेपालको अध्यक्षमा कमल थापाको नाम अद्यावधिक गरेको छ । सो पार्टीले अध्यक्षका रूपमा थापाको नाम समेट्न दिएको निवेदनउपर कारबाही गर्दै आयोगले थापाको नाम अद्यावधिक गरेको हो ।

राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामापछि कमल थापालाई सो जिम्मेवारी दिएको पत्र प्राप्त भएकाले सोहीअनुरू अद्यावधिक गरेको जनाएको छ ।

पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली, २०७४ को नियम २५ बमोजिम हेरफेर भएको केन्द्रीय समिति अद्यावधिक गरिएको बेहोरा उल्लेख रहेको सो पार्टीका नेता सुशील श्रेष्ठले जानकारी दिए ।