NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमसीसीमा देउवालाई रोक्ने प्रस्तावसहित गठबन्धन नेताहरु बालुवाटारमा

काठमाडौँ । कांग्रेस बाहेकका सत्तारुढ गठबन्धनका नेताहरु एमसीसीमा हतारो नगर्ने सन्देश बोकेर बालुवाटार पुगेका छन् ।

गठबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

यसअघि आज विहान माओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा बसेको वैठकमा कांग्रेस बाहेकका सत्तारुढ दलका शीर्षहरुले एमसीसीमा हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेका थिए ।

सोही निर्णय बोकेर अहिले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादव बालुवाटार पुगेका हुन् । नेताहरु स्थानीय तहको निर्वाचनअघि एमसीसीलाई थाती राख्नेप्रस्ताव बोकेर प्रधानमन्त्रीलाई भेट्न गएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी पास गरेर जाने पक्षमा छन् । त्यसका लागि देउवाले सत्तारुढ दलसँगै प्रमुख विपक्षी दलसँग पनि निरन्तर संवाद बढाइरहेका छन् । हिजो साँझ मात्र पनि प्रधानमन्त्री देउवाले नेकपा केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटे ।