NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

खल्तीमार्फत मेरो सेयर खाता नि:शुल्क नविकरण गर्न सकिने

काठमाडाैं । अब खल्ती एपमार्फत मेरो सेयर खाता नि:शुल्क गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले निशुल्क मेरो सेयर खाता नविकरण अफर ल्यायसँगै एममार्फत नि:शुल्क  मेरो सेयर खाता नविकरण गर्न सकिने भएको हो ।

यस अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूका साथै नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्ने खल्तीले जनाएको छ । मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

यस अफरअन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने शतप्रतिशत् क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक सुविधा अधिकतम १ वर्षको नवीकरणका लागि उपलब्ध हुनेछ ।

यद्दपि, प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्ने खल्तीले जानकारी गराएको छ । प्रत्येक खल्ती आइडीमा यो अफर एक पटकका लागि मात्र योग्य हुनेछ । यो अफर चैत २ गतेसम्म लागू हुनेछ ।